Wednesday, June 24, 2026
spot_img

४८ प्रतिशतले घट्यो नेपाल टेलिकमको खुदनाफा, अन्य सूचक कस्तो ?

spot_img
spot_img

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४८.६७  प्रतिशतले घटेको छ।

तेस्रो त्रैमासको अवधिमा कम्पनीले २ अर्ब ८४ करोड मात्र खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ५३ करोड थियो।

यस अवधिमा कम्पनीले सेवा बिक्रीबाट २५ अर्ब ३१ करोड आम्दानी गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.६४ प्रतिशत कम हो । त्यस्तै कम्पनीको ब्याज आम्दानी ४६.०२ प्रतिशतले घटेर २ अर्ब ८० करोडमा सिमित भएको छ। यस अवधिमा कम्पनीको डिफर्ड ट्याक्स बढेर ३ अर्ब २३ करोड पुगेको छ । यी कारणले गर्दा कम्पनीको नाफा घटेको देखिन्छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी १८ अर्ब रहेको छ भने रिजर्भमा ७२ अर्ब ७० करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४१.०२ रुपैयाँबाट घटेर २१.०५ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रति शेयर नेटवर्थ ५०३.९३ रुपैयाँ रहेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ब्याज पुँजीकरणमा नयाँ व्यवस्था लागु, जेन्जी आन्दोलनबाट प्रभावित व्यवसायीलाई राहत

नेपाल राष्ट्र बैंकले ब्याज पुँजीकरणमा नयाँ व्यवस्था गरेको छ। ...

२० प्रतिशत कर्जा प्रवाह बढ्ने गरी मौद्रिक नीति ल्याउन चेम्बरको सुझाव

नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन...

उत्पादनमा जोडिएका सहकारीलाई प्रोत्साहन गर्न छुट्टै ऐन बनाइने

सरकारले उत्पादन, प्रशोधन र बजारीकरणमा सहकारीको भूमिका वृृद्धि गर्नका...

देशभरका ३८ हजार प्रतिष्ठान र व्यवसाय बन्द

राष्ट्रिय तथ्याङ्क कार्यालयले गरिरहेको आर्थिक गणनामा करिब ३८ हजार...

नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयर...

मौद्रिक नीतिका लागि परिसंघले पेश गर्यो सुझाव

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका...
spot_img