आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा आइपुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४५ हजार ७ सय १५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ५ हजार २ सय रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ४ सय ५८ रुपैयाँ तोकिएको छ ।













