Tuesday, March 3, 2026
spot_img

होली र चुनावको बिदामा पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

spot_img
spot_img
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैङ्कहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो । निर्वाचन प्रचारप्रसारका लागि बैङ्क खाता सञ्चालन गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारको नगद वा चेक वा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैङ्किङ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १७...

तोलामा ८ हजारले महँगियो सुन

आज मंगलबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...

चुनाव अगाडिको अन्तिम शेयर कारोबार आज

फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन भन्दा अगाडिको...

इरानले बन्द गर्यो विश्वको २० प्रतिशत तेल हिड्ने बाटो, तेलको मूल्य बढेर उर्जा संकटको जोखिम

मध्यपूर्वमा बढ्दो तनावका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेको...

आज तराईका जिल्लामा होली मनाइँदै

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ ।...

चुनाव आउँन अब २ दिन मात्र बाँकी: आजदेखि सुरु भएको मौन अवधिमा के के गर्न पाइँदैन ?

बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको...
spot_img