भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले राजस्व सचिवलाई केन्द्रीय बैंकको गभर्नर बनाएको छ । भारतको केन्द्रीय बैंकको रुपमा रहेको भारतीय रिजर्व बैंक (आरबीआई) को नयाँ गभर्नरमा संजय मल्होत्रा नियुक्त भएका हुन्।
उनी शक्तिकांत दासको ठाउँमा नियुक्त हुनेछन्। दासको कार्यकाल डिसेम्बर १० मा समाप्त हुँदैछ। मल्होत्रा १९९० ब्याचका राजस्थान क्याडरका भारतीय प्रशासनिक सेवा (आईएएस) का अधिकारी हुन्। उनी आरबीआईका २६औँ गभर्नर हुनेछन्। मल्होत्राको कार्यकाल बुधबारदेखि सुरु भएर तीन वर्षको हुनेछ। यो नियुक्ति मन्त्रिपरिषद्को नियुक्ति समितिले गरेको हो।
संजय मल्होत्रा १९९० ब्याचका राजस्थान क्याडरका आईएएस अधिकारी हुन्। उनले आईआईटी कानपुरबाट कम्प्युटर साइन्स इञ्जिनियरिङमा डिग्री हासिल गरेका छन्। त्यसपछि उनले अमेरिकाको प्रिन्सटन युनिभर्सिटीबाट सार्वजनिक नीति (पब्लिक पॉलिसी) मा मास्टर्स गरेका छन्। उनीसँग ३३ वर्षको अनुभव छ। उनले बिजुली, वित्त, सूचना प्रविधि र खनिजजस्ता धेरै क्षेत्रमा काम गरेका छन्।
अर्थ मन्त्रालयमा राजस्व सचिवको रूपमा कार्यरत
हाल उनी अर्थ मन्त्रालयमा राजस्व सचिवको रूपमा कार्यरत छन्। यसअघि उनी यही मन्त्रालयको वित्तीय सेवा विभागमा सचिव थिए। उनलाई राज्य र केन्द्र सरकार दुवैमा वित्त र कर प्रणालीको अनुभव छ।
शक्तिकांत दास डिसेम्बर १२, २०१८ मा आरबीआईका २५औँ गभर्नर बनेका थिए। उनले उर्जित पटेलको अचानक राजीनामापछि यो पदभार सम्हालेका थिए। उनको सुरुको कार्यकाल तीन वर्षको थियो। पछि उनलाई अर्को कार्यकाल अर्थात् थप ३ वर्षको लागि निरन्तरता, जुन मङ्गलबार समाप्त हुँदैछ।