नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले १५ दिन भित्र विजुलीको बक्यौता रकम नतिरे फेरि लिन काट्ने बताएका छन् । मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार लाइन जोडिएको तर १५ दिन भित्र बक्यौता नतिरे फेरि लाइन काट्ने उनले बताए ।
आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले उद्योगीहरुले उपभोग गरेको बिजुलीको रकम कानुनअनुसार कुनै पनि हालतमा उठाएरै छाड्ने दाबी गरे । उनले उद्योगीहरु बक्यौता तिर्न छोडेर अनावश्यक राजिनिती गर्न तिर लागेको पनि आरोप लगाए ।
उनले यस अघि जारी भएको बिल नै सहि भएको र नयाँ बिल जारी नहुने बताए । विद्युत नियमन आयोगले पनि आफ्नो बिललाई सही छ भने उनको भनाई थियो ।