Friday, May 23, 2025
spot_img

ट्रम्पले अर्बपति मस्कलाई दिए सरकारको बजेट कटौती गर्ने जिम्मेवारी

spot_img

अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको जिम्मा दिएका छन्। मस्कसँगै रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई पनि यो जिम्मेवारी दिइएको छ।

उनीहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिक समारोहअघि नियमहरू कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको छ। जुलाई २०२६ सम्मको समयसीमा पाएका उनीहरूको कार्यकाल त्यसपछि के हुन्छ प्रष्ट छैन।

ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षा मन्त्रीमा मनोनयन गरेका छन्। विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। उनले अरू पद पाउन सक्ने विवरणहरू आएका थिए।

ट्रम्पले क्रिस्टी नोमलाई आन्तरिक सुरक्षा हेर्ने डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी प्रमुख नियुक्त गर्ने निर्णय पनि गरेका छन्। ट्रम्पले आर्कान्सा राज्यका पूर्वगभर्नर माइक हकबीलाई इजरेलका लागि अमेरिकी राजदूत र व्यापारी स्टीभन विट्कोफलाई मध्यपूर्वका लागि विशेष दूत बनाउने निर्णय गरेका छन्। यसअघि उनले न्यूयोर्कबाट सांसद निर्वाचित एलिज स्टिफ्यानिकलाई संयुक्त राष्ट्रसङ्घमा अमेरिकी दूत छानेका थिए।

सरकारको खर्च र नियमहरू कटौती गर्न नयाँ निकाय गठन गर्न लागिएको पुष्टि गर्दै सार्वजनिक भएको ट्रम्पको विज्ञप्तिमा मस्कलाई उद्धृत गरिएको छ। जसमा भनिएको छ “यसले सरकारलाई घाटा पुर्‍याउन संलग्न हुने जो कोही जसमा धेरै मानिसहरू पर्छन्, तिनलाई प्रणालीबाट झट्का दिने छ।”

रामास्वामीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “हामी नरम रूपमा अघि बढ्दैनौँ।”

ट्रम्पले मस्क र रामास्वामीको प्रशंसा गर्दै ती दुई जनाले मिलेर ‘सेभ अमेरिका’ आन्दोलनका लागि अनिवार्य रहेको “सरकारी कर्मचारीतन्त्रलाई भङ्ग गर्ने, अत्यधिक नियम र अनुत्पादक खर्च कम गर्ने अनि सङ्घीय निकायहरूको पुनर्संरचना गर्ने” बाटो खोल्ने उल्लेख गरेका छन्।

“सम्भवत: यो हाम्रो समयको ‘म्यान्हटन प्रोजेक्ट’ हुने छ,” आफ्नो विज्ञप्तिमा पहिलो अणुबम बनाउने अमेरिकी परियोजनाबारे उल्लेख गर्दै उनले भने।

अहिले नै यो नयाँ निकायले कस्तो स्वरूप ग्रहण गर्छ स्पष्ट भइसकेको छैन तर यो सरकारको औपचारिक संरचनाभन्दा बाहिर हुने देखिन्छ। “डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सीले सरकारबाहिर रहेर सुझाव र मार्गनिर्देशन दिने छ,” उनले भनेका छन्। यसले सरकारले कहिल्यै नदेखेको उद्यमशील अवधारणालाई स्थापना गर्ने उनको भनाइ छ।

मस्कले ट्रम्पको अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएका विवरण आएको छ। उनी ट्रम्पको चुनावी अभियानका एक मुख्य सहयोगी थिए। रामास्वामी रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग पराजित भएका थिए। तर त्यसपछि उनले ट्रम्पलाई समर्थन गरे।

भारतीय मूलका यी अर्बपतिले अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआई खारेज गर्नेसहित कतिपय क्रान्तिकारी ‍परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img