Sunday, November 9, 2025
spot_img

बिपी राजमार्ग पुनर्निर्माण गर्न जापान तयार, २ दिन लगाएर गर्‍यो स्थलगत अध्ययन

spot_img

असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण सुनकोशी र रोशी खोलको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्ग जापान सरकारले पुन:निर्माण गरिदिने भएको छ । जापानी सहयोग नियोग (जाईका)को अनुदान सहयोगमा निर्माण भएको उक्त राजमार्ग पुनर्निर्माण पनि जाइकाले नै गरिदिने भएको हो ।

ठाउँ ठाउँमा झरेको पहिरोका कारण राजमार्ग क्षतिग्रस्त भएपछि नेपाल सरकारले पुन:निर्माणका लागि सहयोग गर्न जाईकालाई आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालयमार्फत जाईकालाई पुन:निर्माणमा सघाउन आग्रह गरिएकोमा जाईकाले स्थलगत अवलोकन पश्चात आवश्यक निर्णय दिइने जनाएको थियो ।

यस अनुसार जाईकाको प्राविधिक टोलीले कार्तिक १२ र १३ गते क्षतिग्रस्त सडकको स्थलगत अवलोकन गरेको थियो । प्राविधिक टोलीमार्फत अवलोकन गरे पश्चात जाईकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अध्ययन विवरण बुझाएको छ ।

राजमार्ग अन्तर्गत ११ स्थानमा बाटो पूर्णरुपमा क्षति भएको र चौकीडाँडा–कालढुङ्गा १८ किलोमिटरमध्ये करिब १२ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको छ । त्यस क्रममा छलफल हुँदा जाईकाले उक्त १२ किलोमिटर खण्डमा स्थाई संरचना बनाउन सहयोग गर्ने जनाएको यातायात मन्त्रालयले बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बिपी राजमार्ग पुन:निर्माण गर्न करिब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पूर्वी तराईलाई राजधानीसँग जोड्ने १६० किलोमिटर लम्बाईको बिपी राजमार्ग जापानले सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तर, हस्तान्तरण भएको २ महिना पनि नहुँदै २०७२ बैशाख १२ गतेको भूकम्पका कारण राजमार्गको ५ ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनर्निर्माण पनि जापानले नै गरिदिएको थियो । त्यसबेला १८ महिना लगाएर जाईकाले नै पुन:निर्माण गरिदिएको थियो ।

बिपी राजमार्ग जापान सरकारको २२ अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माण भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img