अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप भएको छ ।
यसअघि २०२४ नोभेम्बर ५ सम्म कायम रहेकोमा समयावधि दुई दिन थपेर नोभेम्बर ७ सम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले जनाएको छ ।
अमेरिकी दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९ः४५ बजेदेखि डीभी कार्यक्रममा आवेदन खुलला गरिएको थियो ।
एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एकभन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।