Monday, December 2, 2024

काठमाडौँमा प्रदूषण बढ्यो

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै प्रदूषण बढेको छ । मान्छेहरुले लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको विज्ञहरुले बताएका छन् ।

‘एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क १६० रहेको जनाएको छ । इन्टेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको ८औँ प्रदूषित शहरको सूचीमा सूचिकृत रहेको छ ।

चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रुपमा सूचिकृत भएको छ । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने बताएका छन् ।

उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ ।

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ ।

पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरुले आग्रहसमेत गरेका छन् । पटका जस्ता विषाक्त ग्यासहरुले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने गर्दछ ।

यसैगरी, एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुलोहरु उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौँ भित्र्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको छ ।

यसैगरी, पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ । विषाक्त ग्यासहरुको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजारमा अधिक तरलता: राष्ट्र बैंकले ५० अर्ब खिच्न खोज्दा बैंकहरु ६४ अर्ब दिन तयार

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट...

जीवन बीमा कम्पनीको व्यवसाय: नेपाल लाइफ शिर्ष स्थानमा, सन लाइफ लास्ट (सूचीसहित)

चालु आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा जीवन बीमा...

१० वटा ब्रोकरको लगानी रहेको नेपाल डिपिद्वारा लुम्बिनी लायन्सलाई प्रायोजन 

१० स्टक ब्रोकिङ्ग कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी नेपाल...

लक्ष्मी सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित 

लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा...

शेयरबजारमा गिरावट, सबै विकास बैंकको मूल्य बढ्यो

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से...

सोलार उर्जा उत्पादनको ठेक्का विवादमा सर्वोच्चको यस्तो आदेश

नेपाल विद्युत प्राधिकरणले खुलाएको सौर्य उर्जा उत्पादको ठेक्का प्रक्रिया...
spot_img