Monday, January 19, 2026
spot_img

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग

spot_img
spot_img

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभर आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि कोषले उक्त रकम सहयोग गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा जम्मा गरिएको छ । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दैवी प्रकोप कोषमा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेकोमा कोषलाई धन्यवाद दिए ।

यही असोज ११ र १२ गते देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पुर्याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

यो भन्दा अघि पनि कोषले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक र भौतिक सहयोग गर्दै आइरहेको छ । उक्त वर्षाको कारण करिब १७ अर्ब रुपैयाँ बराबर नोक्सानी भएको क्षतिको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएपनि क्षतिको विवरण यो भन्दा बढी हुन सक्ने बताइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एसवाई प्यानलमा नयाँ संचालक समिति चयन, प्रबन्ध संचालकको अख्तियारी कर्माचार्यालाई

एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन...

सुनको भाउ ऐतिहासिक उचाईमा, तोलाको २ लाख ८२ हजार

आज सोमबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ...

नेपाल एयरलाइन्सको महाप्रबन्धका लागि १० जना आवेदकको सूची सार्वजनिक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धका लागि आवेदन...

कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी, २२.३४ प्रतिशतले बढ्यो नाफा

कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने...

चुनाव आउन ४५ दिन बाँकि: मध्यरातदेखि लागू भयो निर्वाचन आचारसंहिता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...
spot_img
spot_img