Wednesday, June 18, 2025
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

spot_img
spot_img

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम हाजीहरुलाई नै फिर्ता गर्ने भएको छ । रकम फिर्ता गर्नका लागि समिति सचिवालय सूचना जारी गरेको छ ।

समितिले यस पटक प्रति व्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ । समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद तथा सफल भएको बताएको छ । साथै खर्च नभएको रकम हाजीलाई नै फिर्ता गर्ने जनाएको हो।

हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाले भने ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौ । खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौ । बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाई हुन नदिनका लागि साउदी सरकार, साउदी स्थित नेपाली दुतावाससँग सहकार्य गर्यौ, यसले गर्दा खर्च घटेको छ, बाँकि रकम फिर्ता गर्छौ ’ ।

हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ । धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्य सम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ । तर, यस पटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए । त्यस्तै, नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भएकोमा पहिलो पटक हाजीलाई धेरै रकम फिर्ता गर्न सफल भएको उनले दाबी गरे । ‘म अध्यक्ष नियुक्त हुँदा पनि पारदर्शी प्रक्रियाबाट भए । मैले पनि आफुले गर्ने काम सबै पारदर्शी र कम खर्चिलो गर्ने कोशिस गरेको छु,’ उनले भने ।

समितिले प्रति व्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो । तर, अनुमान गरे भन्दा खर्च कम भए पछि रकम फिर्ता गर्न लागेको उनले बताए । ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सुचना जारी गरेका छौ । नम्बर प्राप्त भएपछि हामी अनलाईन नै भुक्तानी गरिदिन्छौ’ उनले भने ।

यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो । तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएको समितिका अध्यक्ष इश्रा मूल्ला मियाँले बताए । आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएको उनको भनाई छ । हजमा यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो ।

आगामी वर्षको हज यात्राको लागि निवेदन आवहान

त्यसैगरी हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन माग गरेको छ । आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटिका सदस्य सचिव झम्कनाथ ढकालले बताए । उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुस्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ । प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सूची सार्वजनिक गरिने उनले बताए ।

त्यस्तै, आगामी वर्षको हज यात्राको अवधि छोट्याउने योजना रहेको उनले बताए । सामान्यता ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ । तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने पाईएपछि यसलाई छोट्याउन खोजेको उनले बताए । अवधि छोट्याउन खर्च पनि कम हुने तथा साधन र स्रोत कम लाग्ने भएकोले सबै सल्लाह अनुसार अवधि छोट्याउन लागिएको उनले जानकारी दिए ।

त्यस्तै कमिटिले हज यात्राको कार्यविधि शंशोधन गरी हज यात्रीले जम्मा गरेको रकमबाट प्राप्त व्याजलाई आकष्मिक खर्चमा प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको उनले बताए । ‘यात्रामा विभिन्न समस्या हुन्छन् । अचानक पर्ने समस्याको खर्चका लागि हामीसँग छुट्टै बजेट हुँदैन । यता यात्रीले जम्मा गरेको रकमबाट केही ब्याज पनि आउछ । त्यसैले त्यो ब्याज रकमलाई आकष्मिक खर्चमा प्रयोग गर्ने गरी कार्यविधि शंशोधन गर्न प्रस्ताव गरेका छौ, उनले भने ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

भारत आउने भयो एलन मस्कको स्टारलिंक इन्टरनेट, केन्द्र सरकारले दियो अनुमति

भारत सरकारले एलन मस्कको नेतृत्वमा रहेको स्पेसएक्सको स्टारलिंकलाई भारतमा...

एलएस अटोका दुइ मोडल नाइमा एक्स्पोमा आउने

एलएस अटोको नेपालका लागि आधिकारिक बिक्रेता नेक्सन भेन्चर प्रा.लि.ले...

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img