Monday, July 14, 2025

जाम्बियाका गैरआवासीय राजदूतद्वारा परराष्ट्रमन्त्री राणासँग भेट, द्विपक्षीय हित र व्यापार प्रवद्र्धनबारे छलफल

spot_img
spot_img

नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेट गरेका छन् । शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको पत्र पेश गरेका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले आजै परराष्ट्रमन्त्री राणासँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा नेपाल र जाम्बिया बीचको कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने र दुइ देशको आपसी हित र सरोकारका विषयमा कुराकानी भएको बताइएको छ ।

जाम्बियाले खनिजजन्य उत्पादनमा फड्को मारेको बताउँदै गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले त्यसलाई नेपालले आफ्नो अर्थतन्त्रका लागि सिकाइको रुपमा प्रयोग गर्न सक्ने बताएका छन् ।

यसैगरी, दुइ देशबीचको आर्थिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउँदै लगानी विस्तार, द्विपक्षीय व्यापार प्रवद्र्धन तथा प्रविधि हस्तान्तरणका सम्बन्धमा पनि कुराकानी भएको छ । भेटमा परराष्ट्रमन्त्री राणाले जाम्बिया र नेपालको भौगोलिक अवस्था उस्तै उस्तै रहेको र जाम्बियाले खनिजजन्य उत्पादनबाट राम्रो उन्नति गरिरहेको बताउँदै नेपालले पनि त्यसका लागि आवश्यक प्राविधिक सहयोग चाहेको बताइन् ।

यसक्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत चन्दले जाम्बिया सरकार नेपाललाई आवश्यक सहयोग र सहकार्यको लागि प्रतिवद्धता जनाएको नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत देशबन्धु बस्नेतले जानकारी दिएका छन् ।

नेपाल र जाम्बियाबीच १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

spot_img
spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img