Thursday, May 22, 2025
spot_img

दफावार छलफलको लागि समितिमा पठाईयो धितोपत्र सम्बन्धी बिधेयक

धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि प्रतिनिधिसभाको अर्थ समितिमा पठाईएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको हो  ।

बैठकमा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले “धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भनी प्रस्ताव पेश गरेका थिए । यस संगै अब यस विधेयकमाथि र विधेयकमा परेका संशोधनमाथि समितिमा दफावार छलफल हुने छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्नको लागि सरकारले यो बिधेयकले ल्याएको हो । धितोपत्र निष्कासन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानूनी व्यवस्थालाई समसामयिक संशोधन गर्न आवश्यक भएको र सरोकारवाला निकायहरुको सहभागिता तथा परामर्शमा विधेयकको मस्यौदा तयार गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पनि दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पारित गरेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

बुद्धको ७२ सिटे जहाजद्वारा काठमाडौं–भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले काठमाडौं–भरतपुर परीक्षण उडान...

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...
spot_img