Friday, September 13, 2024

कतारमा नेपालको पानी बेच्न पहल गर्छुः प्रस्तावित राजदूत पौडेल

कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले कतारमा नेपालको पानी बिक्री गर्न आफूले पहल गर्ने बताएका छन् । आफू राजदूत भएर गएपछि नेपालको पानी कतारमा निकासीका लागि पहल गर्ने उनले बताएका हुन् ।

मंगलबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै पौडेलले कतारमा पानी बिक्री गर्न जटिल रहेको भएपनि आफूले पहल गर्ने बताएका हुन् । सांसदहरूले नेपालको पानी कतारमा निर्यात गर्न सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासा राखेपछि पौडेलले आफूले पहल गर्ने बताएका हुन् ।

‘कतार पुर्‍याएर बिक्री गर्न त्यत्तिकै जटिल चाहिँ छ, तर मैले मेरो तर्फबाट पहल गर्नेछु’ उनले भने ।

उनले कतारमा रहेका नेपाली श्रमिकका बारेमा आफूलाई ज्ञान र अनुभव रहेको बताउँदै श्रमिकको पक्षमा काम गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

‘कतारमा श्रमिकको न्यूनतम तलब १ हजार रियाल, ५ सय रुपैयाँ आवासका लागि र ३ सय रियाल खाना खर्च भनेर दिने गरेको रहेछ, यसलाई नेपालीमा रूपान्तरमा गर्दा तुलनात्मक रूपमा कम नै हो’ उनले भने, ‘यसका लागि आफ्नो क्षमताले भ्याएसम्म काम गर्छु ।’

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...