Sunday, April 27, 2025
spot_img

अर्थ मन्त्रालयद्वारा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन

अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ। पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुनेछ।

एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप-महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप-महानिर्देशकले गर्ने छन्।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो। यसैगरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने निर्णय गरेको थियो।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img