Tuesday, March 18, 2025
spot_img
spot_img

मुख्यसचिवमा चौथो बरियताका अर्याल नियुक्त, पहिलो बरियताका सचिव ज्ञवालीको राजीनामा

नेपाल सरकारको मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्य सचिव लीलादेवी गडतौला शुक्रबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले मुख्यसचिवमा अर्याललाई नियुक्त गरेको हो। यद्यपी अर्याल सचिवको बरियतामा चौथो नम्बरमा रहेका थिए ।

सचिवहरु मध्ये  सबैभन्दा वरिष्ठ योजना आयोगका सचिव तोयनारायण ज्ञवाली थिए। दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए । तर सरकारले चौथो बरियताका सचिव अर्याललाई मुख्य सचिव बनाएको हो ।

सरकारले चौथो नम्बरमा रहेका गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई मुख्सचिव नियुक्त भएपछि पहिलो बरियतामा रहेका ज्ञवालीले राजीनामा दिएका छन्। आफुभन्दा कम बरियताको सचिवलाई मुख्य सचिव बनाएपछि उनले सचिव पदबाट राजीनामा दिएका हुन् । उनी सचिवको ५ वर्षे कार्यकाल सकेर भदौ २२ गते अनिवार्य अवकाशमा जाँदै थिए ।

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img