Wednesday, June 18, 2025
spot_img

काठमाडौँ महानगरले नेपाल नेशनल हस्पिटलको फोहोर नउठाउने

spot_img
spot_img

काठमाडौँ महानगरपालिकाका अनुसार कलंकीमा सञ्चालित नेपाल नेशनल हस्पिटलको जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएको छ । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले आजबाट सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापर्वाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिईन्।

महानगरका अनुसार वार्डहरुबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरु छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लाष्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो । तेस्रो कोठामा धेरै फोहरका पोका थिए । ती पोकाका बिचमा खुला छरिएको फोहर थियो । एक व्यक्ति यो फोहरलाई छुट्याउने काममा व्यस्त थिए। उनले कालो मास्क लगाएका थिए । यसबाहेक न पिपिइ (व्यक्तिगत सुरक्षा पोशाक), न हातमा पञ्जा, न खुट्टामा बुट, न टाउको छोप्ने कुनै टोपी, उनी आफू पूर्ण असुरक्षित भएर अस्पतालको फोहर वर्गीकरण गरिरहेका थिए । उनले काम गरिरहेको ठाउँमा राखिएको अटोक्लेभ मेसिन कालो प्लाष्टिकमा बाँधिएको फोहरको पोकाले छोपिएको महानगरले जनाएको छ ।

महानगरका अनुसार यो अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले विग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाएको थिए । २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर प्रतिवद्धता थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार थिएन । अस्पतालले प्रतिवद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो । तालिममा फोहर संकलनमा रोक लगाइएका २० वटा अस्पतालबाट सहभागी गराइएको थियो ।

यी सबै प्रयासपछि आज अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको भेटिएको महानगरले जनाएको छ। अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले, हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापर्वाही गरेको प्रतिक्रिया दिईन्। उनका अनुसार फोहर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा आउने आगन्तुकलाई सवारी साधन पार्किङ् गर्ने ठाउँ बनाइएको छ । जस्ता पाताको तल्लो भागबाट मुसाहरु सजिलै आवतजावत गर्न सक्ने ठाउँ छ । यसबाट वातावरणीय तथा मानव स्वास्थ्यजन्य जोखिम बढेको छ ।

अनुगमन टोलीले फोहर व्यवस्थापन चक्रका बारेमा जानकारी लिँदै गर्दा माथिल्लो तलाबाट निलो प्लाष्टिकमा फोहरको पोको बोकेर कर्मचारी बाहिर आएका थिए। उनले न मास्क लगाएका थिए , न उनको हातमा पञ्जा थियो ।

अनुगमन गरिएका अस्पतालहरुमा अटोक्लेभ सञ्चालन नभएको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउ बढ्यो

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

बजारमा अधिक तरलता, आज ९० अर्ब खिच्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज असार...

कालीमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि...

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने , साधारणसभा आह्वान

स्यार्पु पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

यस्तो छ आज बुधबारको लागि तय गरिएको विदेशी मुद्राको सटही दर

नेपाल राष्ट्र बैङ्कले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय...

कर्मचारीलाई ऊर्जामन्त्रीले भने ‘काम चित्तबुझ्दो भएन, खर्च गर्न नसक्ने भए किन बजेट माग्ने?’

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय मातहत भएका...
spot_img