Monday, September 7, 2026
spot_img

म्यानमारबाट लुम्बिनीमा सिधा हवाई उडानबारे छलफल

spot_img

नेपाल म्यानमार उद्योग वाणिज्य संघले नेपालका लागि गणतन्त्र म्यानमारका नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम आयोजना गरेको छ ।

सोमबार काठमाडौंस्थित म्यानमारको राजदूतावासमा आयोजित भेटघाटमा संघका अध्यक्ष शिवकुमार अग्रवालले नवनियुक्त राजदूत म्यो मायन्ट मौङ्गको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष अग्रवालले संघले विगत १३ वर्षदेखि द्विपक्षीय व्यापारका क्षेत्रमा पु¥याउँदै आएको योगदानको चर्चाा गर्दै राजदूत म्यो मायन्ट मौङ्गको कार्यकालमा नेपाल र म्यानमारबीच सिधा हवाई उडानको सुरुवात हुनसके यसमा कोशेढुंगा सावित हुने बताए ।

म्यानमारमा ८० प्रतिशत बौद्ध धर्मालम्बी रहेको स्मरण गराउँदै उनले बुद्ध जन्मस्थल लुम्बिनीमा म्यानमारबाट सिधा हवाई उडान व्यावसायिक रुपमा सम्भव रहेको धारणा राखे । म्यानमारमा ठूलो संख्यामा रहेका नेपालीभाषीलाई पनि यसले सेवा प्रदान गर्नसक्ने उनको भनाइ छ ।

नेपाल र म्यानमारबीचको व्यापामार समस्याका रुपमा रहेको भुक्तानीको समस्यालाई नयाँ राजदूतको कार्यकालमा सहजीकरण हुने उनको विश्वास छ । नेपालले निर्यात गर्न सक्ने क्षेत्रमध्ये सफ्टवेयर, हस्तकला, उच्च मूल्यका कृषि उत्पादन, चिया, कफीलगायतको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।

आउँदो वैशाखमा नेपाली प्रतिनिधिमण्डलले म्यानमारको भ्रमण गर्ने भएकाले यसमा पनि सहजीकरण गरिदिन उनले आग्रह गरे ।

सो भेटका अवसरमा नेपालका लागि म्यानमारका राजदूत म्यो मायन्ट मौङ्गले नेपालप्रति म्यानमारको सरकार र जनताको सद्भाव रहेको उल्लेख गर्दै यसलाई थप प्रगाढ बनाउने बताए ।

उनले द्विपक्षीय व्यापारमा देखिएका समस्या समाधान गर्ने तथा थप व्यवसाय विस्तारमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपालमा म्यानमारका पर्यटकको संख्या बढाउन सम्भावना रहेको उल्लेख गर्दै सिधा हवाई सेवालाई दिगो रुपमा अघि बढाउने आफ्नो योजना रहेको उनको भनाइ छ । यसका निमित्त पर्यटनसम्बन्धी प्याकेज कार्यक्रमको आवश्यकता रहेको उनले बताए ।

पर्यटन प्रवर्द्धनका लागि दुवै मुलुकले डकुमेन्ट्री प्रदर्शन गरी एक आपसमा भ्रमण बढााउनुपर्ने उनको भनाइ छ । नेपाल म्यानमार चेम्बर अफ कमर्ससँग सहकार्य गरी म्यानमार चेम्बर अफ कमर्ससँग भाइचाराको सम्बन्ध विस्तार गरिने उनले प्रतिवद्धता जनाए ।

राजदूतसँगको भेटमा संघका अध्यक्ष अग्रवालसहित उपाध्यक्ष रतनलाल केडिया, कोषाध्यक्ष लक्ष्मीप्रसाद सुवेदी, कार्यसमिति सदस्य मोहनवीर थापा, ऋषिराज मोर, निर्मल पौडेल र राज लामा लगायत सहभागी थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...