Tuesday, March 18, 2025
spot_img
spot_img

५ वर्ष जापान बसेर फर्किएका दिपेशले खोले ‘युनिसेक्स पार्लर’

रामेछाप जिल्लामै पहिलो पटक सुविधा सम्पन्न ‘युनिसेक्स पार्लर’ सञ्चालनमा आएको छ । महिला तथा पुरुषका लागि सुविधा सम्पन्न पार्लरसम्बन्धि सेवा उपलब्ध हुने गरि मन्थलीमा ‘क्युट कट युनिसेक्स पार्लर’ सञ्चालनमा आएको हो ।

मन्थलीमा सञ्चालनमा आएको यो पार्लर स्तरीयताका दृष्टिकोणले जिल्लाकै पहिलो सुविधासम्पन्न पार्लर हो । ५ वर्ष जापान बसेर फर्किएका मन्थली नगरपालिका–२ का दिपेश कार्कीले पार्लर सञ्चालनमा ल्याएका हुन् ।

१८ लाख रुपैयाँ भन्दा बढी लगानी रहेको क्युट कट युनिसेक्स पार्लरको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उद्घाटन गरेका हुन् ।

सञ्चालक कार्कीका अनुसार पार्लरमा महिला र पुरुष दूबैका लागि पार्लर तथा सौन्दर्यसम्बन्धि सेवाहरू उपलब्ध छन् । अहिले सुरुवाती चरणमा ५ जनाले उक्त पार्लरमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

‘एक जना चाहिँ काठमाडौँबाटै झिकाएको छु, सौन्दर्य सम्बन्धि कामको लागि सर्टिफाइड व्यक्ति हुनुहुन्छ, उहाँ मास्टर्स पनि हो’ सञ्चालक कार्कीले भने, ‘बाँकी ४ जना स्थानीय व्यक्तिहरु हुनुहुन्छ, उहाँहरु पनि पार्लर सम्बन्धि तालिम प्राप्त जनशक्ति नै हो ।’

क्युट कटले व्यवसाय सुरुवात भएको अवसरमा पहिलो दिन सेवामा ४० प्रतिशतसम्म छुट प्रदान गर्ने स्किम पनि ल्याएको छ ।

सञ्चालक कार्की राष्ट्रिय युवा संघ नेपाल रामेछापका सचिवालय सदस्यसमेत हुन् । युवाहरु उद्यम व्यवसायमा जोडिए मात्रै देशले आर्थिक समृद्धि हाँसिल गर्न सक्छ भन्ने मान्यता अनुसार आफूले परदेशमा दुःख गरेर आर्जन गरेको पूँजीलाई स्वदेशमै र त्यो पनि आफ्नै जिल्लामा लगानी गरेर काम सुरु गरेको कार्की बताउँछन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

Tech Peak Nepal: Orlando 2025 – Nepal’s First-Ever ITES Roadshow in the US

Prajwal Nepali Nepal is making history in the global technology...

अथरको टेस्ट ड्राईभ शोरुम बौद्धमा

विद्युतीय दुइ पाङ्ग्रे (स्कुटर) अथरको टेस्ट ड्राइभ शोरुम काठमाडौँका...

उद्योगमन्त्रीको प्रश्न, ‘उद्योगमन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त ?’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग मन्त्रीले उद्योगी...

कहाँ जाँदै थिए २५ करोड बराबरका डलर र युरो बोकेर ट्रक चलाइरहेका कुसाङ ?

काठमाडौँको झोरबाट सोमबार राती स्रोत नखुलेको अमेरिकी डलर, युरो...

संसदीय समितिमा सिमेन्ट उद्योगीले सोधे, ‘पटक पटक किन बोलाएको ?’

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता...

छिट्टै नेप्सेमा सूचीकृत हुँदै यी १४ कम्पनीको बोनस शेयर, धितोपत्र बोर्डमा दर्ता सम्पन्न

नेपाल धितोपत्र बोर्डमा विभिन्न १४ कम्पनीको बोनस शेयर दर्ता...
spot_img