रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति भएको छ । गए राती परेको मुसलधारे पानीसँग गएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ । ११ जना व्यक्ति बेपत्ता छन् ।
पहिरोले अँधेरीखोलाको पक्की पुल पनि बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपानेका अनुसार टोकरपुर र दोरम्बाबाट प्रहरी टोली घटनास्थल पुग्दा दुई जनाको शव भेटिएको छ । स्थानीयहरुका अनुसार ११ जना अझै बेपत्ता छन् ।