Sunday, March 23, 2025
spot_img
spot_img

अर्थ र लेखा सहित ५ संसदीय समितिको बैठक आज, यस्ता छन् एजेण्डा

आज भदौ ९ गते आइतबार संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत  अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाईएको छ ।

आजको बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि छलफल हुने छ । छलफलको लागि अर्थ समितिले अर्थ मन्त्रीलाई आमन्त्रण गरेको छ ।

त्यस्तै आज १ बजे सार्वजनिक लेखा समितिको बैठक पनि बस्दै छ । बैठकमा उद्योगहरुको डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत बक्यौता विवादबारे छलफल हुने छ ।

यी बाहेक आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बस्दै छ ।

उद्योग समितिको बैठकमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरणका सम्बन्धमा छलफल हुने छ । त्यस्तै संसदीय अध्ययन तथा सुझाव समिति (पेट्रोलियम पदार्थको आपूर्ति र वितरण व्यवस्थालाई व्यवस्थित गर्न अध्ययन गरी राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने) प्रतिवेदन, २०७१ ले बैकल्पिक उर्जाको रुपमा इथानोलको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धमा दिएको निर्देशनको हालसम्मको कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुनेछ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बिधायन सम्बन्धमा व्यस्था गर्न बनेको बिधेयकमा छलफल हुने छ भने कृषि समितिको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सम्पादन हुने कार्यहरुको प्राथमिकता, कार्यक्रम तथा कार्ययोजना, कार्यसम्पादनमा रहेका समस्या, मन्त्रालयमा बजेट लगायतका सम्बन्धमा छलफल हुदै छ।

 

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img