Saturday, September 14, 2024

नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौं २७ र २८ मा 

नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौं २७ र २८ गते काठमाडौँमा हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ आयोजक एवं लगानी बोर्डको कार्यालय र वाईसीएनसी सहआयोजक रही नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण हुन लागेको हो।

रणनीतिक लगानीमार्फत दिगो विकास भन्ने मुल भावका साथ पाँचौं संस्करणको ‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ आयोजना हुन लागेको हो । पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सार्वजनिक निजी साँझेदारी अवधारणा अनुरुप नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्डसँगको सहकार्य सम्मेलन आयोजना गर्न लागिएको बताए । पूर्वाधारमा धेरै लगानी आवश्यक रहेको तर स्रोतको अभाव भईरहेको अवस्थामा पूर्वाधार क्षेत्रका लागि कसरी स्रोत जुटाउन सकिन्छ, नीतिगत रुपमा के के सुधार गर्नुपर्छ, पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरु के के छन् भन्ने विषयमा गहन रुपमा सम्मेलनमा छलफल हुने उनले बताए । सम्मेलनबाट प्राप्त सुझाव नेपाल सरकारलाई उपलब्ध गराइने परिसंघले जनाएको छ ।

सम्मेलन सहआयोजक लगानी बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद उपाध्यायले लगानी सम्मेलनका क्रममा राखिएका परियोजनाहरु पूर्वाधार सम्मेलनमा पनि राखिने बताए । सार्वजनिक निजी साँझेदारी अवधारणा अनुसार पूर्वाधार सम्मेलनमा बोर्डले सहकार्य गरेको बताए ।

परिसंघका अनुसार पूर्वाधारका लागि लगानी प्रबद्र्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ ।

‘बीवाईडी नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४’ मा क्षेत्रीय यातायात, उर्जा, शहरी विकासलगायत विभिन्न १२ वटा विषयगत क्षेत्रमा गहन छलफल हुने उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले बताए । सम्मेलनमा छोटो समयमै पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगती हासिल गरेका देशका विज्ञहरु, लगानीकर्ताहरुको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीबाट उद्घाटन हुने सम्मेलनको विभिन्न सत्रमा उपप्रधानमन्त्री, संघीय सरकारका मन्त्रीहरु, प्रदेशका मुख्यमन्त्रीहरु, महानगरपालिकाका, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, एशियाली विकास बैंक, विश्व बैंक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञहरुबाट प्रस्तुती हुनेछ । यस सम्मेलनमा विभिन्न प्रदेश तथा महानगरपालिकाहरुले अगाडि बढाएका परियोेजनाहरुको प्रोजेक्ट सोकेस पनि हुनेछ ।

पूर्वाधार सम्बन्धी महत्वपूर्ण यस सम्मेलनमा पूर्वाधारप्रेमी, विकासप्रेमी व्यक्ति तथा सरोकारवाला संस्थाहरुलाई सहभागिताका लागि परिसंघले अनुरोध गरेको छ । सम्मेलनको टाइटल स्पोन्सर बीवाईडी रहेको छ भने को स्पोन्सर (वील्ट एण्ड ट्रष्ट) मा शिवम् सिमेन्ट रहेको छ ।

सन् २०१४, २०१७, २०१९ र २०२२ मा नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्यूनिटी फर नेप्लिज कन्ट्रयाक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलनका चार संस्करण सम्पन्न भईसकेको छ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...