Sunday, March 23, 2025
spot_img
spot_img

पहिलो महिना मै नेपालको ब्यापार घाटा ११६ अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना (२०८१ साउन) मा नेपालले १ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात ०.६७ प्रतिशत आयात घटेको हो । गत आवको पहिलो महिनामा १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको थियो ।

आयातसँगै नेपालको निर्यात पनि घटेको छ । चालु आवको पहिलो महिनामा निर्यात ९.६३ प्रतिशतले घटेको हो । चालु आवको पहिलो महिनामा १२ अर्ब २२ करोड रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १३ अर्ब ५२ करोड रुपैयाँको भएको थियो ।

यो अवधिमा १ खर्ब ४० अर्ब ६० करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ। गत आवको सोहि अवधिको तुलनामा यो १.५२ प्रतिशत कम हो । गत आवको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १ खर्ब ४२ अर्ब ७६ करोड रहेको थियो ।

समग्रमा साउन महिनामा नेपालको ब्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ०.३८ प्रतिशत बढी हो । गत आवको साउन महिनामा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो।

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीएलमा RCB को विजयी सुरुवात, पहिलो खेल मै हार्यो गतवर्षको च्याम्पियन

रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)...

रुसको स्वर्ण भण्डार २१७ अर्ब डलर पुग्यो, किन थुपार्यो यति धेरै सुन ?

रुसले हालै आफ्नो सुनको भण्डारलाई कीर्तिमानी स्तरमा पुर्‍याएको छ।...

युएईले अमेरिकामा १४ खर्ब डलर लगानी गर्ने

संयुक्त अरब इमिरेट्स (युएई) ले अमेरिकामा आगामी १० वर्षमा...

लक्ष्मी स्टीलले तिर्न थाल्यो विद्युत् बक्यौता, सर्वोत्तम सिमेन्टले बुझायो दोस्रो किस्ता

नवलपरासी .(बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा सञ्चालनमा रहेको लक्ष्मी स्टीलले...

बिलियन डलर बिजनेशको रुपमा परिचित आईपीएल आजदेखि

बहुप्रतीक्षित १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) आज शनिवारबाट...

पर्यटन बोर्ड र युएनडीपीबीच ५० लाख डलरको परियोजना सञ्चालन गर्ने सम्झौता

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल...
spot_img