नेपाली सेनाले अधिकृत पद (सहायक सेनानी÷उपसेनानी) मा भर्ना खुलाएको छ । सेनाले यी पदमा २८० जनाका लागि भर्ना खुलाएको हो ।
खुलातर्फ १४७, आदिवासी जनजाती कोटामा ३८, मधेशी कोटामा ३३, दलित कोटामा १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तन्ताका लागि १४ सिट छुट्याइएको छ ।
नेपाली सेनाले आज प्रकाशित गरेको सूचना अनुसार दरखास्त दिने म्याद भदौ ७ गतेदेखि असोज ५ गतेसम्म छ । असोज ६ गतेदेखि १२ गतेस्मम दोब्बर दस्तुर तिरेर दरखास्त बुझाउन सकिने छ ।