Saturday, September 14, 2024

प्रधानमन्त्रीले सोधे, ‘कुलमानसँग सरकारले सोधीखोजी गर्नै नहुने हो ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग सरकारले कुनै विषयमा सोधपूछ गर्नै हुँदैन भन्ने भाष्य गलत भएको बताएका छन् । खासगरि माओवादी केन्द्रका सांसदहरुले विद्युत प्राधिकरणको नेतृत्वलाई सरकारले दबाब दिएको भन्ने आशयका प्रश्न सोधेपछि तिनको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्राधिकरणलाई निर्देशन दिनै नहुने जसरी प्रस्तुत नहुन आग्रह गरेका हुन् ।

प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘के गोदान हो त्यो ? सोधीखोजी पनि गर्न पाइँदैन ? सरकारले सोधीखोजी गर्छ ।’

उनले विद्युतको बक्यौता २२ अर्ब उठाउनुपर्ने महालेखाको हिसाब भएपनि तत्कालिन सरकारले मन्त्रिपरिषदबाटै निर्णय गरेर प्राधिकरणलाई ६ अर्ब मात्रै उठाउन निर्देशन दिएको भन्दै यसको यसको सोधीखोजी हुनुपर्ने र आफू नेतृत्वको सरकारले सोधीखोजी गर्ने पनि बताएका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति, आगामी वर्षको लागि निवेदन आह्वान

नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बचत भएको रकम...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

दीपल एक्सचेन्ज कानिर्भलः जुनसुकै ब्राण्डका पुराना गाडी ‘दीपल ईभी’सँग साट्न सकिने

नेपालका लागि चाङ्गन तथा दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको...

इन्डोनेशियाका पर्यटन उपमन्त्री र पर्यटन बोर्डका सीईओबीच भेटवार्ता, सहकार्य गर्ने प्रतिवद्धता

इन्डोनेशियाको टुरिजम तथा क्रियटिभ इकोनोमी मन्त्रालयका पर्यटन उपमन्त्री नी...