सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोला थामेमा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा–५ मा पर्ने थामे गाउँ पूर्णरुपमा प्रभावित बनेको छ ।
स्थानीयका अनुसार माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने आशंका गरिएको छ ।
‘हिमपहिरो हो कि हिमताल फुटेको हो भन्ने यकिन भइसकेको छैन’ सोलुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले भनिन् ।
बाढीले सिङ्गै गाउँ डुबानमा परेको छ । थामे गाउँमा ४५ घरधुरी छन् । बाढीमा परेर के कति मानवीय तथा भौतिक क्षति भयो भन्ने जानकारी आइसकेको छैन ।