Monday, July 13, 2026
spot_img

युवाहरूलाई प्रधानमन्त्रीको सुझाव, ‘फ्यूचर पैसाले मात्रै हुँदैन, चाँडै बिहे गरेर बच्चाबच्ची पाइहाल्नुस्’

spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २०/३० वर्षकै उमेर विवाह गरेर बालबच्चा जन्माउन र हुर्काउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित ‘नेपाल युवा सम्मेलन २०२४’ को समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्नसक्ने खतरा बढेको बताउँदै बैलैमा विवाह गरेर सन्तान जन्माउन आग्रह गरेका हुन् ।

‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छउञ्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भयो । मेरो एउटा सुझाव छ, २०/३० वर्षमा बिहे गर्नुस्, छिट्टै बच्चाबच्ची पाइहाल्नुस्’ उनले भने, ‘त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो, छोराछोरी हुर्कँदै गर्छन् । फ्युचर जेनेरेसनको कुरा गर्ने, अनि फ्युचर भनेको पैसा हो ? पैसाले फ्युचर हुन्छ ? त्यसका लागि बालबच्चा चाहिन्छ होला नि !’

प्रधानमन्त्री ओलीले युवाहरुलाई उद्यमशीलता विकास गर्न सरकारले योजना बनाइरहेको र देश विकासका लागि युवा शक्ति मुलुकभित्रै बस्नुपर्ने पनि बताएका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img