Monday, July 14, 2025

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनः ‘सिग्नेचर’ गर्दा अख्तियार लाग्छ भनेर नडराउनु

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुले फाइलमा ‘सिग्नेचर’ गर्न डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । मंगलबार सिंहदबारमा सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कुनै निर्णयमा हस्ताक्षर गरेकै आधारमा अख्तियारले समात्छ कि भनेर नडराउन आग्रह गरेका हुन् ।

‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ, राम्रो काम गर्दा असुरक्षित महशुस गर्नुपर्दैन’ प्रधानमन्त्री ओलीले भने ।

सरकारले व्यक्तिगत आग्रह, पूर्वाग्रह र पक्ष वा विपक्ष नहेर्ने भन्दै उनले काम गर्ने र नगर्ने बीचको फरक हेर्ने बताए ।

उनले सरकारको आयुका सम्बन्धमा पनि चिन्ता नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले आफू दुई वर्ष प्रधानमन्त्री हुने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने भन्दै सरकारको स्थिरतामा आशंका नगर्न अनुरोध गरेका छन् ।

spot_img
spot_img

- Advertisement -

spot_img

काठमाडौँ महानगरपालिकाले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

 आगामी आर्थिक वर्ष २०८२/८३ का लागि काठमाडौँ महानगरपालिकाले रु...

बजारमा अधिक तरलता: तर ४ दिनको लागि निक्षेप राख्न बैंकहरु अनिच्छुक

बैंकहरु राष्ट्र बैंकमा ४ दिन अवधिको निक्षेप राख्न अनिच्छुक...

Jayandra’s journey From Mahendranagar to Manhattan

Jayandra Chiluwal, a Nepali actor, originally from Mahendranagar, has...

साउन १ बाट सबै सरकारी भुक्तानी विद्युतीय प्रणालीमार्फत हुनु पर्ने

अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानीलाई अनिवार्य...

चेम्बरले भन्यो ‘मौद्रिक नीति सकारात्मक र वित्तीय सहजीकरण गर्ने खालको’

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि...
spot_img