Wednesday, July 9, 2025

बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

spot_img
spot_img

सरकारले साउन ९ गते बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सौर्य एयरलायन्सको जहाज दुर्घटना भएपछिको दुखद घडीमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बैठकले जहाज दुर्घटनाबारे छानबिन गर्न आयोग पनि गठन गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिश चन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

आयोगको सदस्यहरुमा वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक सुदीप भट्टराई र श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्। त्यस्तै आयोगको सदस्य सचिवमा एयर ट्राफिक कन्ट्रोलर मुकेश डंगोल रहेका छन् ।

यस आयोगले दुर्घटनाको कारण पत्ता लगाई आगामी दिनमा यस्ता दुर्घटना हुन नदिनको लागि सुझाव सहित ४५ दिन भित्र आफ्नो प्रतिवेदन पेश गर्ने छ । सरकारले दुर्घटनाका मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते क्याप्टेन मनिष शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

आज बुधबार बिहान काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्ने क्रममा उडेको केहि बेर मै सौर्य एयरलायन्सको जहाज दुर्घटनाग्रस्त भएको थियो । सौर्य एयरलायन्सको ९एन-एएमई कल साइनको जहाज दुर्घटना भएको हो। जहाजमा चालक दलका २ जना सदस्य र सौर्य एयरलायन्स कै १७ जना कर्मचारी गरि १९ जना सवार थिए। दुर्घटनामा  १८ जनाको मृत्यु भएको छ छ भने जहाजका क्याप्टेन घाइते भएका छन्।

spot_img
spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img