मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेको हो
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का संयोजक रहेका उनले नेपाली कांग्रेसको विवादमा निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए। आयोगले प्रसाईंको यस अभिव्यक्ति छानबिन गरि आवश्यक कारवाही गर्न प्रहरीमा उजुरी दिएको थियो।
सोहि अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई काठमाडौँ ल्याउने तयारी भईरहेको छ।












