धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि पदबाट राजीनामा दिएका छन्। आइतबार उनले उपमेयर अईन्द्र विक्रम बेघा समक्ष राजीनामा दिएका हुन् ।
उनले आफ्नो राजीनामा पत्रमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन राजीनामा दिएको उल्लेख गरेका छन्। उनले चुनावमा लड्नको लागि श्रम संस्कृति पार्टी खोलेका छन्, उनी पार्टीको अध्यक्ष समेत हुन्। उनले सुनसरी १ बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
आज नै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि राजीनामा दिएका थिए।










