Saturday, February 7, 2026
spot_img

फेस अफ एसवाईको विजेता बनिन् मलैसा आचार्य

spot_img
spot_img

एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई–२०८२ (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगिताको मलैसा आचार्य विजेता बनेकी छिन् । राजधानीमा आयोजना भई शुक्रबार सम्पन्न फाइनल कार्यक्रममा विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रस्तुति दिएकी आचार्य प्रतियोगिताको विजेता भएकी हुन् ।

देशका विभिन्न जिल्लाबाट छनोट भएर आएका प्रतिस्पर्धीहरूबीच कडा प्रतिस्पर्धा देखिएको फाइनल चरणमा निर्णायकहरूले व्यक्तित्व, आत्मविश्वास, प्रस्तुति, सामाजिक सोच र समग्र प्रभावका आधारमा मूल्यांकन गरी विजेता घोषित गरिएको थिए । निर्णायक मण्डलको सर्वसम्मत निर्णयअनुसार आचार्यले सबै सूचकमा उत्कृष्ट अंक हासिल गर्दै उपाधि हात पार्न सफल भएको आयोजक टिमले बताएको छ ।

साथै, यो ग्रान्ड फिनालेमा आयोजक टिमले विजेताहरूलाई दुई करोड रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरेको छ । कार्यक्रममा मुख्य तीन जना ब्राण्ड एम्बेसडर चयन गरिएको थियो । टाइटल विनर मलैसा आचार्यलाई पाँच लाख नगद पुरस्कारका साथै एक करोड रुपैयाँ बराबरको एक वर्षको कन्ट्र्याक्ट प्रदान गरिएको छ ।

फष्ट रनर अप सारा लामा र सेकेण्ड रनर अप अपि योन्जन चयन भएका छन् । उनीहरूलाई क्रमशः चार लाख र तीन लाख नगद पुरस्कारसहित ५० लाख र ३० लाख बराबरको कन्ट्र्याक्ट दिइने बताइएको छ ।

बाँकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डका रूपमा प्रति व्यक्ति डेढ लाख रुपैयाँ दिइएको छ । कार्यक्रममा आयोजक, एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईंले यस प्रतियोगिताको पुरस्कार नेपालकै मिस नेपाल प्रतियोगिताभन्दा बढी रहेको बताए ।

‘युवायुवतीलाई केवल मोडलिङ वा ग्ल्यामर क्षेत्रमा मात्र सीमित नराखी नेतृत्व विकास, सार्वजनिक बोल्ने क्षमता र सामाजिक सचेतनामा समेत अघि बढाउनु उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको हौं, यसले प्रतिस्पर्धीलाई पक्कै पनि नयाँ अनुभव दियो भन्ने हाम्रो विश्वास हो, नेपालकै ठूलो पुरस्कार राखेर आयोजना भएको यस्ता कार्यक्रम आगामी दिनमा पनि हुनेछन्,’ उनले भने ।

एसवाई प्यानल, एसवाई कष्मेटिक, एसवाई बजार र एसवाई युपिभिसीको ब्राण्ड प्रचारका लागि आयोजना गरिएको प्रतियोगिता नेपालकै पहिलो ठूलो ब्राण्ड एम्बेसडर हन्ट हो । जुन १, २०२५ देखि चरणबद्ध सञ्चालन गरिएको यो प्रतियोगितामा एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्स्टाग्राम तथा टिकटकलाई फलो गरी एसवाई थिममा क्रियटिभ भिडियो तयार गरेर डिजिटल अडिसनमा भाग लिन पाउने व्यवस्था थियो।

डिजिटल अडिसनबाट छनोट भएका उत्कृष्ट ५०० जनालाई दोस्रो चरणमा अघि बढाइएको आयोजक टिमले जानकारी दिएको छ । दोस्रो चरणपछि उत्कृष्ट २५ जनालाई फाइनल अडिसनमा सहभागी गराइ अन्तिम चरणमा सहभागीहरूको मूल्यांकन सोसियल नेटवर्किङ र जजबाट गरिएको बताइएको छ । फेस अफ एसवाईका विजेतालाई बधाई दिँदै निर्देशक गोसाईंले आगामी वर्ष यस्तो कार्यक्रम अझ परिष्कृत र व्यापक रूपमा आयोजना गरिने जानकारी दिएका छन्।

यस्तै,आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो। यस कम्पनी अन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज लगायतका कम्पनी नेपालमा सञ्चालित छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो

नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय...

२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले...

जेन जी आन्दोलनमा क्षतिग्रस्त बनेको कोटेश्वर भाटभटेनी पुनः सञ्चालनमा

भाटभटेनी सुपरमार्केटले जेन् जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका...

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि, नेपालको पहिलो खेल आइतबार

टि २० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिवारदेखि सुरु हुँदैछ...

टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२०...

प्रत्यक्षतर्फको ८४ लाख ४० हजार मतपत्र छपाइ सम्पन्न

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष प्रणालीअन्तर्गत...
spot_img