फुटबल क्लब एफसी चितवनका अध्यक्ष सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सुचीमा परेका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेद्वारको सूचीमा ढकाल पनि परेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा उनी खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसायसहित युवाका क्षेत्रमा कार्यरत छन् । युवा उद्यमी तथा समाजसेवी सचिन बालेन साहको कोटाबाट रास्वपाको समानुपातिक सूचीमा परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छन् ।
पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय उनकै ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।












