सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्यबीच उपाधि भिडन्त हुँदैछ ।
दिउँस ३ः३० बजे सुरू हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको छ ।
आज लुम्बिनीले जेजे स्मितको ठाउँमा मोबिन सुभसिंहलाई खेलाएको छ । सुदूरपश्चिमले दुई परिवर्तन गरेको छ । सुदूरपश्चिमले मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्खर अहमदको स्थानमा पुनित मेहरालाई ल्याएको छ ।













