दोस्रो चरणको पेट्रोलियम पाइप लाइन विस्तारको निर्माण कार्यको प्रक्रिया अगाडि बढेको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा दोस्रो चरणको पेट्रोलियम पाइप लाइन निर्माण कार्यको प्रक्रिया अगाडि बढेको हो ।
निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टका अनुसार चारआली (झापा)–सिलिगुडी पेट्रोलियम पाइप लाइन विस्तारका लागि इन्डियन आयल निगमले बोलपत्र आह्वान गरेको छ ।
आगामी ५ वर्षभित्र पाइप लाइन परियोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा इन्डियन आयल कर्पोरेसनले आगामी तीन वर्षभित्र निर्माण सक्ने जानकारी गराएको निगमका कार्यकारी निर्देशक डा. भेट्टले जानकारी दिए ।
यसअघि भारतको मोतीहारीदेखि बाराको अमलेखगन्जसम्म ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना २०७६ सालदेखि सञ्चालनमा आएको थियो ।













