आजबाट पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लाइसेन्स) छपाइ कार्यको शुभारम्भ गरेका हुन् ।
मन्त्री खरेलका अनुसार हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिनेछ । ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको उनले बताएका छन्।
अब ठप्प प्राय अवस्थामा रहेको सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रूपमा चलायमान बनाउँदै अगाडि बढ्ने प्रतिवद्दता पनि मन्त्री खरेलले व्यक्त गरेका छन् ।












