प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डल जम्मा ११ सदस्यीय बनाउने भएकी छिन् । आफू प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा गृह र कानुन मन्त्रीमा ओम प्रकाश अर्याललाई नियुक्त गरेकी छिन् ।
सोमबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले यी तीनै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
यससँगै कार्की नेतृत्वको मन्त्रिपरिषद ४ सदस्यीय भइसकेको छ । अब ७ जना मन्त्री थप गर्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । विशेषज्ञलाई मन्त्रालयको जिम्मेवारी दिने नीति अनुरुप अहिले प्रस्तावित नाममाथि छलफल चलिरहेको बताइएको छ ।
सर्वेन्द्र खनाल, पारस खड्कासहित पूर्व सचिवहरुको नाममा छलफल चलिरहेको बताइएको छ ।









