प्रधानमन्त्री सुशिला कार्कीले कुलमान घिसिङलाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । प्रधानमन्त्री कार्कीले आइतबार बेलुका छलफल पश्चात घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाईसहित तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरेकी हुन् ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा मुलुकमा लोडसेडिङ हटाएको भनेर चर्चा पाएका घिसिङलाई ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको बताइएको छ ।
उनको सपथ ग्रहण आज हुँदैछ ।










