डेंगी नियन्त्रणका लागि काठमाडौं महानगरको “वाक एन्ड एक्ट” मेगा अभियान सम्पन्न

spot_img

काठमाडौं महानगरपालिकाले डेंगी रोगको रोकथाम र नियन्त्रणका लागि एकदिने “वाक एन्ड एक्ट” मेगा अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रावण महिनालाई डेंगी रोग सचेतना महिनाको रूपमा मनाउने निर्णयअनुसार गत महिना नियमित अभियान सञ्चालन गरिएको थियो। तथापि, डेंगी रोगको प्रकोप बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै महानगरपालिकाले हरेक शुक्रबार लामखुट्टेको बासस्थान खोजी र नष्ट गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

राष्ट्रिय सभा गृहबाट सुरु भएको यो अभियानमा महानगरका सबै वडाहरूमा एकसाथ लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, माइकिङमार्फत जनचेतना फैलाउने, र्‍यालीको क्रममा भेटिएका लामखुट्टेका प्रजननस्थलमा रहेका अण्डा र लार्भा नष्ट गर्ने, साथै आमनागरिकलाई सचेत गराउने कार्य गरिएको छ। अभियानमा महानगरका विभागीय प्रमुखहरू, स्वास्थ्य विभागका कर्मचारी, जनप्रतिनिधि, स्थानीयवासी र विभिन्न सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

स्वास्थ्य विभागका प्रमुख दीपक कुमार के.सी.ले अभियानको महत्त्वबारे बोल्दै भने , “डेंगी रोग नियन्त्रणका लागि सामुदायिक सहभागिता र सचेतना अत्यन्त महत्त्वपूर्ण छ। हामीले लामखुट्टेको बासस्थान नष्ट गर्न र आमनागरिकलाई सचेत गराउन यो मेगा अभियान आयोजना गरेका हौँ। सबैको साथ र सहयोगले डेंगी नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सकिन्छ।”

यो अभियानले काठमाडौं महानगरवासीलाई आफ्नो घर, आँगन र वरपरको वातावरण सफा राख्न, पानी जम्ने ठाउँहरू हटाउन र लामखुट्टेको टोकाइबाट बच्न सावधानी अपनाउन प्रेरित गरेको छ।

महानगरपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, महानगरवासी, सरकारी तथा निजी कार्यालय, अस्पताल, नर्सिङ होम, विद्यालयलगायत सबै क्षेत्रलाई आफ्नो वरपरको स्थान सफा राख्न आग्रह गरेको छ।

यस अभियानलाई प्रभावकारी बनाउन महानगरका वडाहरूमा रहेका प्रवर्द्धन केन्द्रहरूसँगको सहकार्यमा यस्ता सरसफाइ र सचेतनामूलक कार्यक्रममा सहयोग गर्न महानगर तयार रहेको जानकारी गराइएको छ। महानगरका अनुसार यसका लागि काठमाडौं महानगरपालिका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि प्रसाद भुसालसँग समन्वय गर्न सकिने छ। साथै, महानगरको केही सोधपुछ गर्नुपरेमा निःशुल्क टेलिफोन नं. १६६००१०५५११ र ११८० नम्बर मा सम्पर्क गर्न सकिनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...