Tuesday, July 15, 2025

नेपालले मात्रै चाहेर पनि भारु ५०० देखि माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

spot_img
spot_img

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर पनि भारतीय रुपैयाँ ५०० देखि माथिका बैंक नोट नेपालमा सञ्चालन गर्न नसकिने बताएका छन् ।

अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले रू ५०० देखि ठूलो दरका भारतीय बैंक नोट नेपालमा चलाउन भारतको पनि सहमति आवश्यक पर्ने आशय व्यक्त गरेका हुन् । “हाम्रो मात्रै निर्णयले भारु ५०० दरका नोट यहाँ चलाउन सम्भव छैन । हामीले फेरि भारत पठाउनुपर्ने भएकाले त्यो सहज छैन, त्यसभन्दा साना दरका नोटमा भने समस्या छैन”, अर्थमन्त्री पौडेलले भने ।

आजको बैठकमा सांसदहरुले ठूला दरका भारतीय बैंक नोट नेपालमा नचल्ने र अमेरिकी डलर पाँच हजार तथा भारु छ लाखभन्दा बढी नेपालमा बोक्न नमिल्ने भएका कारण त्यसले पर्यटकलाई समस्यामा पारेको विषय उठाएका थिए । जवाफमा अर्थमन्त्री पौडेलले भारु चार लाखसम्म भन्सार घोषणा नगराइकनै र भारु छ लाखसम्म भन्सार घोषणा गराएर नेपाल ल्याउन पाउने व्यवस्था रहेको बताउदै पछिल्लो समय डिजिटल भुक्तानी र क्युआरबाट हुने कारोबारले सहज बनाएको बताए ।

भारतले २०७३ सालमा नोटबन्दी गर्नुअघि नेपालमा भारु ५०० दरदेखि ठूला नोटहरु चलनचल्तीमा थिए । तर नोटबन्दी पछि भारतले नेपालमा रहेका भारु साटेको थिएन ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...

हिम स्टार उर्जा कम्पनीको आईपीओ बाँडफाँड मिति तय

हिम स्टार उर्जा कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ...

यस वर्षको ‘इप्पान उर्जा ज्योति सम्मान’ प्रबल अधिकारीलाई 

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले यस वर्षको 'इप्पान उर्जा...
spot_img