Monday, January 19, 2026
spot_img

अडियो वेयरेबल ब्रान्ड boAt अब औपचारिक रुपमै नेपालमा

spot_img
spot_img

भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड boAt ले नेपालमा आफ्नो आगमनको औपचारिक घोषणा गरेको छ।  boAt ले नेपालमा पहिले नै बलियो उपस्थिति बनाइसकेको छ, अब यसले अत्यधिक प्रशंसित ‘निर्भाना’ सिरिजको आधिकारिक सार्वजनिक मार्फत आफ्नो उपस्थिति औपचारिक बनाएको हो।

उच्च प्रदर्शन क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा प्लेटफर्महरूमा उपलब्ध हुने कम्पनीले जन्माएको छ । boAt ले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको कम्पनीले उल्लेख गरेको छ ।

बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रा. लि. (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ ।

boAt का सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले भने “नेपाल सधैं हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित छौं । नेपाली उपभोक्ताबाट पाएको प्रतिक्रिया अत्यन्त उत्साहजनक छ, र हामी हाम्रो ब्रान्डमा राखिएको विश्वासप्रति आभारी छौं । हाम्रो प्रिमियम ‘निर्भाना’ सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँछौं ।”

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जलानले भने “यस औपचारिक घोषणासँगै, boAt ले नेपालमा आफ्नो प्रतिबद्धता दोब्बर बनाउने तयारी गरेको छ, जसअनुसार ब्रान्डले थप जीवनशैली–केन्द्रित अडियो तथा वेयरेबल उत्पादनहरू नेपाली बजारमा ल्याउनेछ र आफ्नो तिव्र रूपमा वृद्धि भइरहेको फ्यानबेससँगको सम्बन्धलाई अझ गहिरो बनाउनेछ ।”

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको भाउ ऐतिहासिक उचाईमा, तोलाको २ लाख ८२ हजार

आज सोमबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ...

नेपाल एयरलाइन्सको महाप्रबन्धका लागि १० जना आवेदकको सूची सार्वजनिक

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को रिक्त महाप्रबन्धका लागि आवेदन...

कामना सेवा बन्यो रिपोर्ट निकाल्ने पहिलो कम्पनी, २२.३४ प्रतिशतले बढ्यो नाफा

कामना सेवा विकास बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा...

आज सोनाम ल्होसार, देशभर सार्वजनिक विदा

तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने...

चुनाव आउन ४५ दिन बाँकि: मध्यरातदेखि लागू भयो निर्वाचन आचारसंहिता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

धरानका मेयर हर्कले पनि दिए राजीनामा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि पदबाट राजीनामा दिएका...
spot_img
spot_img