पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले पाएका छन् । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रीस्तरीय निर्णयमार्फत जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असार ७ गते विद्युतीय शवदाहगृह मेशिन खरिद प्रकरणमा सदस्य सचिव डा. मिलनकुमार थापालगायत सहितलाई विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतः पदबाट निलम्वन हुने कानुनी व्यवस्था अनुसार सदस्य सचिव पद रिक्त भएको हो ।
नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म रहेको कोषले जनाएको छ ।