Tuesday, July 15, 2025

सेबोनबाट महासंघले आफ्ना प्रतिनिधिलाई फिर्ता बोलायो

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिबाट आफ्ना प्रतिनिधिलाई फर्काएको छ । महासंघले सेबोनमा आफ्नो प्रतिनिधिका रुपमा महानिर्देशक गोकर्ण अवस्थिलाई पठाएको थियो । तर, उनलाई हालै मात्रै महासंघले फिर्ता बोलाएको स्रोतले जनाएको छ ।

सेबोन स्रोतका अनुसार अब अवस्थिको ठाउँमा अर्को व्यक्ति पठाउने वा नपठाउने भन्ने बारे महासंघबाट कुनै निर्णय आइसकेको छैन ।

धितोपत्र बोर्ड सञ्चालक समितिमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, नेपाल राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट १–१ जना प्रतिनिधि रहँदै आएका छन् । यसअघि महासंघबाट उपाध्यक्ष सुरकृष्ण वैद्य प्रतिनिधि थिए । उनलाई फिर्ता बोलाउँदै अध्यक्ष चन्द्र ढकालले महानिर्देशक अवस्थिलाई पठाएका थिए । अहिले उनलाई पनि फिर्ता बोलाएका हुन् ।

यसअघि निजी क्षेत्रको समेत प्रतिनिधित्व रहेको खनाल आयोगले सेबोनबाट निजी क्षेत्रको प्रतनिधि हटाउनुपर्ने सुझाव दिएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

आईपीओको तयारीमा रहेको महानगर यातायातले १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याउँदै

काठमाडौँको ‘रिङ– रोड’मा सार्वजनिक यातायात सेवा दिँदै आएको महानगर...

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...
spot_img