रामेछापको मन्थलीस्थित सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०ले एकैदिन दुइ कार्यक्रम गरेको छ । असार १५ गते राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसर पारेर स्ववियुले क्याम्पसमा दही चिउरा खाने कार्यक्रम आयोजना गरेको हो ।
स्ववियु सभापति सुशील थापाका अनुसार स्ववियुको आयोजना तथा क्याम्पसको समन्वयमा धान दिवसको अवसरमा दही चिउरा खाने कार्यक्रमसँगै व्यबस्थापन संकाय चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
सभापति थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा। भरत कुमार श्रेष्ठ प्रमुख अतिथि थिए । सहायक क्याम्पस प्रमुख रिता दाहाल, जिल्ला बाल संगठन रामेछापका अध्यक्ष सुन्दर घिमिरे लगायत पनि सहभागी थिए ।