महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा सुरक्षा प्रबन्ध अपनाइएको छ । यस अनुसार चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।
महाकालीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइन्छ । शनिबार महाकाली नदीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको हो ।