आजको संसद बैठकबनट निजामती विधेयक पारित गर्ने तयारी भएको छ । आज अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको हो ।
यसअघि प्रतिनिधिसभाको यही असार ३ गतेको बैठकमा उक्त विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।
आजका लागि निर्धारित कार्यसूचीअनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उक्त विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ । प्रतिनिधिसभाले सो विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउनेछ । राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले पनि प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउनेछ ।