Wednesday, February 11, 2026
spot_img

ग्लोकल टीन हिरोको लागि आवेदन आह्वान

spot_img
spot_img

गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुल्ला गरिएको छ। यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको जनाईएको छ।

ग्लोकल टीन हिरो, ग्लोकल प्रा.लि. को एक महत्वपूर्ण पहल हो। कम्पनीका अनुसार यो केवल अवार्ड वा पुरस्कार मात्र नभई परिवर्तनकारी भावना भएका युवा÷किशोरकिशोरीहरूलाई उचित मूल्यांकन गर्दै नया पुस्ता माझ आभारी पुर्वक पहिचान दिलाउछ। ग्लोकल प्रा.लि. प्रशिक्षण, शिक्षा, र सीप विकासका क्षेत्रमा कार्यरत एक अग्रणी संस्था हो। यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्दछ। यसले शैक्षिक गतिविधि र व्यक्तिगत सिमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ ।

ग्लोकल टीन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौँ उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो। सन् २०१६ देखि यस कार्यक्रमलाई देशभर विस्तार गरियो, जसले गर्दा सम्पूर्ण नेपालका किशोरकिशोरीहरूले यो उत्कृष्ट मञ्चबाट लाभान्वित हुन सकेका छन् । यसको पहुँचलाई दक्षिण एसियाका अन्य देशहरूमा समेत विस्तार गर्ने लक्ष्यका साथ सन् २०१९, २०२० र २०२२ मा भारत, श्रीलंका र बंगलादेशमा पनि ग्लोकल टीन हिरो प्रारम्भ गरिएको थियो।नेपालको शुद्द धरातल बाट सुरुवात हुदै निरन्तर विकसित हुँदै विश्वभरका उत्कृष्ट किशोरकिशोरीहरूको योगदानलाई प्रकाश पारिरहेको छ। नेपालमा नै परिकल्पना गरिएको यो कार्यक्रमको ११ औं वर्षमा, ग्लोकल टीन हिरोले नेपालका समर्पित, उत्साही र नवप्रवर्तनशील किशोरकिशोरीहरूलाई सशक्तिकरण र पहिचान प्रदान गर्न आवेदन आह्वान गरेको छ ।

आवेदन कसले दिने ?

ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन्। यदि तपाईंले आफ्नो समुदाय, समाज वा कुनै विशेष क्षेत्रमा उल्लेखनीय र प्रभावकारी कार्य गरिरहेको, शैक्षिक गतिविधिभन्दा माथि उक्लिएर आफ्नो प्रतिभा र सेवाकारी रुप प्रदर्शन गरिरहेको , वा सकारात्मक परिवर्तन ल्याउन सक्रिय रहेकाले आवेदन दिन सक्ने छन्।

आवेदन प्रक्रिया र समय सीमाः

यस वर्ष ग्लोकल टीन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ। यो पूर्णतःनिशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले https://glocalteenhero.com/nepal/  मार्फत अनलाइन आवेदन दिन सक्नेछन ्। साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ । आवेदन आजबाट खुल्ला गरिएको छ र आवेदन पेस गर्ने अन्तिम मिति जुलाई ३०, २०२५ तोकिएको छ।

छनोट प्रक्रियाः

आवेदन र कागजातको समीक्षा पछि, ग्लोकलको 20under20 को छनोट गरिनेछ । यस छनोट प्रक्रियामा सहभागीहरूको पहल, प्रभाव र उपलब्धिलाई गहन रूपमा मूल्याङ्कन गरिनेछ । तत्पश्चात्, शीर्ष ६ फाइनलिस्टहरू छनोट गरिनेछन् जसले गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो नेपाल २०२५ को अन्तिम चरणमा भाग लिने अवसर पाउनेछन्। उनीहरूको दूरदृष्टि, आचरण र कार्यको दिगोपनका आधारमा अन्तिम मूल्याङ्कन गरिनेछ ।

विशिष्ट निर्णायक मण्डलः

ग्लोकल टीन हिरो नेपाल २०२५ को ग्रान्ड फिनालेमा असाधारण दिग्गज, अग्रगामी र परिवर्तनकारी व्यक्तित्वहरूको एक प्रतिष्ठित निर्णायक मण्डलले फाइनलिस्टहरूको अन्तर्वार्ता र मूल्याङ्कन गर्नेछ । यस बर्ष जूरीमा कोका–कोला नेपालकी राष्ट्रिय निर्देशक चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका राष्ट्रिय निर्देशक डा.घन श्याम.गुरुङ, गोल्छा ग्रुपकी निर्देशक सीमा गोल्छा, सुरज वैद्य, अध्यक्ष वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेस, र नेपालका लागि युरोपेली संघका कार्यवाहक प्रमुख थोमस मिलर छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ फर्मास्युटीकल्सले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

सिद्धार्थ फर्मास्युटीकल्स लिमिटेडले प्राथमिक शेयर निष्कासन (IPO) निष्काशन गर्ने...

पाल्पा सिमेन्टको स्थानीयको आईपीओ बाँडफाँड, लगानीकर्ताले ९० कित्तासम्म पाए शेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीजले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको...

डिजिटल ट्रान्सफर्मेसनको लागि विश्व बैंकले ७ अर्ब दिने, नागरिक एपलाई ४ मिलियन डलर

विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधारलाई मजबुत बनाउन र...

अघि बढ्ने भयो एसएमई कम्पनीको आईपीओ, नेप्सेले स्वीकृतिको लागि पठायो विनियमावली

नेपाल स्टक एक्सचेन्ज नेप्सेले 'साना तथा मझौला संगठित संस्थाको...

फिल्म पर्यटन प्रवर्धन गर्ने उदेश्यसहित पर्यटन र चलचित्र विकास बोर्डबीच समझदारी

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई ‘अन्तर्राष्ट्रिय...

आयल निगम आफैँले बेच्न थाल्यो ग्यास, कुन कुन कम्पनीको पाइन्छ ?

केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव भएको चर्चा...
spot_img