Friday, December 12, 2025
spot_img

सामाजिक सुरक्षा खर्चले पुँजी निर्माणमा असर पर्यो: पूर्वअर्थमन्त्री पाण्डे

spot_img

पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकको बजेट संरचना असहज बन्दै गएको बताएका छन्।शुक्रवार मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताएका छन्।

उनले देशमा सामाजिक सुरक्षा र राज्यका अन्य सेवा–सुविधा खर्चहरू अत्यधिक भएको कारण मुलुकको विकासका लागि आवश्यक पुँजी अभाव सिर्जना हुने खतरा रहेको बताए। आर्थिक वर्षको बजेटको आधा ऋण र व्याज तिर्न र बाँकी सामाजिक सुरक्षामै सकिने भएका कारण आर्थिक समृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

उपाध्यक्ष पाण्डेले नेपालको अर्थतन्त्रको संरचनालाई सुधार्न ‘साहसिक निर्णय’ आवश्यक रहेको पनि बताए । सरकारी कर्मचारीको सुविधा कटौती गरे विद्रोहको खतरा हुने र कर वृद्धिद्वारा समाधान खोज्न पनि गाह्रो भएको कारण वर्तमान अवस्थाबाट बाहिर निस्कन निकै कठिन हुने उनको बुझाई छ ।

उनले भने ‘नेपालमा अहिले संरचनात्मक समस्याहरु छन् । ९ लाख कर्मचारी छन्, ७ लाख पेन्सन खाने अरु मान्छेहरु छन्, २४ लाख मान्छेले वृद्धभत्ता खान्छन् । ९ लाख मान्छेले एकल महिला भत्ता खान्छन् । यो सबै संख्या ४९ लाख पुग्दो रैछ । यसमा अरु पनि राज्यको सुविधा खाएर बस्नेहरु छन् । हाम्रो यो लोड यति ठूलो छ कि झण्डै साढे दश खर्ब पैसाँ यसमै जान्छ । बजेटको आधा पैसा ऋण र व्याज तिर्नमा र बाँकी पैसा सामाजिक सुरक्षामा जान्छ । अनि विकास चाँही कसरी गर्ने भन्ने कुरामा यसको कुनै उत्तर छैन । अहिले सेवा सुविधा घटाइदियो भने विद्रोह गर्न आउँछन् मान्छेहरु । कर बढाएर वा अन्य कुनै कुराहरु बढाएर पनि गाह्रो छ । अब यो संरचनात्मक समस्याबाट बाहिर आउनका लागि पहरामा हान्नैपर्ने हिम्मतको खाँचो छ ।’

सामाजिक सुरक्षा खर्चको अनियमित विस्तारले आर्थिक श्रोतहरू विकास निर्माणतर्फ केन्द्रित गर्न कठिन भइरहेको पाण्डेले बताए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...
spot_img
spot_img