पाकिस्तानले भारत र भारतीय विमानहरूसहित सबै उडानहरूका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा खुला गरेको छ। पाकिस्तान विमानस्थल प्राधिकरण (एपीए) ले शनिबार यो निर्णयको पुष्टि गरेको हो। यो कदम भारत र पाकिस्तानबीच शनिबार साँझ घोषणा भएको युद्धविराम सहमतिपछि आएको हो।
एपीएका प्रवक्ताले एक विज्ञप्तिमा भने, “पाकिस्तानले सबै नागरिक उडानहरू, चाहे तिनीहरू भारतबाट हुन् वा अन्य कुनै देशबाट, हाम्रो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएको छ। यो निर्णय तत्काल लागू हुन्छ।” यो कदमले गत वैशाख ११ गते (अप्रिल २४, २०२५) मा भारतसँगको सैन्य तनावका कारण भारतीय विमानहरूमाथि लगाइएको प्रतिबन्धलाई हटाएको छ।
भारतको नागरिक उड्डयन मन्त्रालयले पनि यो निर्णयको स्वागत गरेको छ। मन्त्रालयका एक अधिकारीले भने, “पाकिस्तानको हवाई क्षेत्र खुला भएसँगै भारतीय वायुसेवाहरूले अब आफ्नो नियमित उडान मार्गहरू पुनः सुरु गर्न सक्नेछन्, जसले यात्रुहरूलाई सहजता प्रदान गर्नेछ।”
विश्लेषकहरूका अनुसार, यो कदमले दुवै देशबीचको तनाव कम गर्न र व्यापार तथा यात्रा सामान्यीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। यद्यपि, दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा उच्च सतर्कता कायम राखेका छन्।
आज साँझ ५ बजेबाट दुवै देशबीच युद्दविरामको सहमति भएको छ।