Sunday, May 25, 2025
spot_img

भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षाको लागि सभामुखद्वारा सरकारको ध्यानाकर्षण

spot_img
spot_img

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको शुक्रवारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरुले भारत पाकिस्तानमा युद्ध शुरु भएकाले त्यहाँ बसोवास गर्ने नेपालीहरुको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सभाको तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने  ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरुको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरुप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

यसअघि सभाको बैठकमा सांसदहरुले भारत–पाकिस्तानबीचको सम्भावित युद्धबाट नेपाललाई पर्नसक्ने असरको विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना गरेको छ । ‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको छ । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको छ । पाकिस्तानले बिहीवार अपरान्ह उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ ।

यी दुई देशबीचको बढ्दो तनावले विश्व राजनीति तरंगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यूएईमा ५ गिगावाट क्षमताको स्टारगेट एआई डेटा सेन्टर निर्माण हुने

यूएईको अबु धाबीमा स्टारगेट यूएई नामक अत्याधुनिक कृत्रिम बुद्धिमत्ता...

आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छुः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता...

जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्छ: वरिष्ठ उपाध्यक्ष डाँगी

स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार...

रवि लामिछानेलाई थुना मै राख्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
spot_img