Friday, December 12, 2025
spot_img

भारत र पाकिस्तानमा रहेका नेपालीको सुरक्षाको लागि सभामुखद्वारा सरकारको ध्यानाकर्षण

spot_img

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानमा बसोवास गर्ने नेपाली नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको शुक्रवारको बैठकमा सभामुख घिमिरेले नेपालीहरूको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरू प्रति आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसदहरुले भारत पाकिस्तानमा युद्ध शुरु भएकाले त्यहाँ बसोवास गर्ने नेपालीहरुको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदहरुको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सभाको तर्फबाट सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले भने  ‘भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीहरुको सुरक्षा लगायत पर्नसक्ने सम्भावित समस्याहरुप्रति आवश्यक व्यवस्थापन गर्न÷गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’

यसअघि सभाको बैठकमा सांसदहरुले भारत–पाकिस्तानबीचको सम्भावित युद्धबाट नेपाललाई पर्नसक्ने असरको विश्लेषण गरी आवश्यक पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले भारत र पाकिस्तानबीच युद्धको स्थिति सिर्जना गरेको छ । ‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको छ । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको छ । पाकिस्तानले बिहीवार अपरान्ह उत्तरपश्चिमी भारतका १५ सैन्य शिविरमा लक्ष्य गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दाबी छ । पाकिस्तानले अवन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई निसाना बनाएको भारतले जनाएको छ ।

यी दुई देशबीचको बढ्दो तनावले विश्व राजनीति तरंगित भएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...
spot_img
spot_img